९ मंसिर २०८१, आईतवार
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी ६ जनाको मृत्यु

  • टाइम्स संवाददाता

  • २४ कार्तिक २०८०, शुक्रबार १४:१३

कोहलपुर,बाँके  :छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१३ जितगढीस्थित सडकमा लु.१ ख ५८६९ नम्बरको बस र लु.८१ प ८०६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१३ बस्ने ३८ वर्षीय नारायण सापकोटाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकमा मधेश प्रदेश ०४-००१ प ४१३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सर्लाही हरिवन नगरपालिका-३ बस्ने ६० वर्षीय चन्द्र बहादुर मोक्तानको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चन्द्रनिगाहपुरमा उपचारको क्रममा मृत्यु भएको  हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-२ मदारगढस्थित लु.४ त १५२४ नम्बरको ट्याक्टरले खेत जोत्ने क्रममा ट्याक्टरमा च्यापिएर सोही ठाउँ बस्ने ४२ वर्षीय मुस्ताफा मुसलवानको बिहीबार साँझ मृत्यु भएको छ। च्यापिएर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

लमजुङ, राइनास नगरपालिका-३ ज्यामिरेमा ग.१ त ७०१६ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने २५ वर्षीय टेक बहादुर गुरुङको बिहीबार साँझ मृत्यु भएको छ। ट्याक्टरबाट खसेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके, कोहलपुर नगरपालिका-१४ पिपिरस्थित सडकमा ना.६ ख ८८९८ नम्बरको मिनीट्रकको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-१० चटार बस्ने ३५ वर्षीय तिर्थराम थारूको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापा, बिर्तामोड नगरपालिका-२ चारपानेस्थित सडकमा प्र.१-०१-००१ ज ३७६० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय गंगा प्रसाद राजवंशीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Nabintech