१० मंसिर २०८१, सोमबार
खजुरा र नेपालगञ्जका एक एक पसलमा आगलागि लाखौंको क्षति

पूर्ण विवरण आज सोमबार संकलन गरिने


  • टाइम्स संवाददाता

  • २७ कार्तिक २०८०, सोमबार ०६:४५

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका वडा नं ५ स्थित धनौली नजिकै रहेको एक हार्डवेयर पसलमा आगलागी भएको छ । आइतबार राति लक्ष्मीपूजाका लागि जलाईएको दियोबाट सल्केर विष्णु वर्माले सन्चालन गर्दै आएको बर्मा हार्डवेयर पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसलमा रहेको पेन्टस, सिमेन्ट तथा निर्माण सामाग्री सबै जलेर खरानी भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । लक्ष्मीपूजा गर्न जलाईएको दियोबाट सल्केर आगो लागेको धनौलीका प्रहरी निरीक्षक अशोक मल्लले जानकारी दिए । आगलागीबाट ६ लाख बढीको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । स्थानीयबासी र प्रहरीले झण्डै २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

यसैगरी नेपालगन्जको घरबारी टोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको टेलिभिजन, फ्रिज, कुलर लगायतका इलेक्ट्रोनिक सामानहरु जलेर नष्ट भएका छन । आइतबार राति ९ बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

घटना लगत्तै जिल्ला प्रहरी र वडा प्रहरी कार्यालयको टोली पुगेको थियोे । नेपालगन्ज उपमहानगरपालिकाको बरुण यन्त्र (दमकल)को सहायतामा करीब १ घण्टामा आगो नियन्त्रणमा लिएको स्थानीयले बताए । आगलागीबाट लाखौं बढीको सामान जलेर नष्ट भएको अनुमान गरिए पनि पूर्ण विवरण भने सोमबार संकलन गरिने प्रहरीले जनाएको छ ।

Nabintech