८ मंसिर २०८१, शनिबार
कोहलपुर क्षेत्रमा ट्राफिक नियम उल्लघन गर्ने २ दर्जन मोटरसाईकल प्रहरीको कारवाहिमा

चाडवाडका बेला हुन सक्ने संभावित दुर्घटनालाई न्युनकरण गर्ने उद्धेश्यले यो अभियानलाई निरन्तरता दिईने


  • बिकल भट्टराई

  • २९ कार्तिक २०८०, बुधबार ०८:१९

कोहलपुर,बाँके: ईलाका प्रहरी कार्यालय कोहलपुर र ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलिले कोहलपुर क्षेत्रका बिभिन्न स्थानहरुमा चाडवाड सुरक्षा लक्षित चेकजाँचका क्रममा सोमबार र मंगलवार गरि ट्राफिक नियम उल्लघन गरेर चलाइएका दुई दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाहि गरेको छ ।

कोहलपुर क्षेत्रका विभिन्न स्थानबाट प्रहरीले ट्राफिक नियम उल्लघन गरेर चलाइएका दुई दर्जन बढी मोटरसाइकललाई नियन्त्रणमा लिई कारवाहि गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एबं प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले कोहलपुर टाईम्सलाई जनाएका छन ।

उनका अनुसार रातको समयमा चर्को आवाज निकाल्ने, हेलमेट नलगाएर चलाउने, मदिरा सेवन गरेर ३ जना बसालेर चलाइएका मोटरसाइकलहरू नियन्त्रणमा लिइ केहिलाई चिट काटेर त केहिको लाईसेन्स ब्लु बुक नियन्त्रणमा लिएर छोडिएको छ । नियन्त्रणमा लिइएका मोटरसाइकलहरूलाई इलाका प्रहरी कार्यालय र मातहतका कार्यालयहरूमा राखिएको छ । मोडिफाई गरेको हकमा भने पुरानै स्वरूपमा बनाएर मात्रै कानुन अनुसार कारबाही गरेर छोडिने डिएसपी तिवारीले जानकारी दिए ।

‘नियन्त्रणमा लिइएका मोटरसाइकलको हकमा आवश्यक कारबाही हुन्छ’ उनले भने, ‘आज समेत कोहलपुर प्रहरीले अपरेसन चलाएर थप मोडिफाई गरेर चलाएका मोटरसाइकललाई नियन्त्रणमा लिन्छ ।’ नियन्त्रणमा लिइएका अधिकांश मोडिफाई गरिएका मोटरसाइकलमा नेपालगन्ज क्षेत्र तथा चाडपर्व मनाउन कोहलपुर आएका बाहिरी जिल्लाहरूका रहेका छन् ।

प्रहरीले सोमवार र मंगलवार बेलुका तथा रातिको समयमा कोहलपुर नगरपालिका वडा नं. १० हाईस्कुल र कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंरीमा चेकजाँच गरेको थियो । चाडवाडका बेला हुन सक्ने संभावित दुर्घटनालाई न्युनकरण गर्ने उद्धेश्यले यो अभियानलाई निरन्तरता दिईने प्रहरीले बताएको छ ।

Nabintech