कोहलपुर,बाँके: कोहलपुर नगरपालिका १२ का चप्परगौडीका २९ वर्षीय मीन बहादुर वि.क.लाई धारिलो हतियार प्रहार गरि फरार रहेका बैजनाथ गाउँपालिका घर भई कोहलपुर– ११ बस्ने आकाशजंग रानालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँकेको जानकी गाउँपालिका– ४ मा लुकिछिपि बसेको भन्ने सुरकका हाधारमा पुगेको प्रहरीले रानाले प्रहरीमाथि नै आक्रमण गरेपछि शुक्रबार बिहान तीन राउण्ड गोली प्रहार गरेर प्रहरीले नियन्त्रणमा लिएको हो ।
तीन राउण्ड गोली प्रहार गरिए पनि एउटा गोली रानाको खुट्टामा लागेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसप० नारायण डाँगीले जानकारी दिए । घाइते रानालाई प्रहरीले उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा लगेको छ ।
डिएसपी डाँगीका अनुसार पक्राउ परेका रानासहितको समूहले बिहीबार बिहान २ ३ बजेको समयमा कोहलपुरका चप्परगौडीका २९ वर्षीय मीन बहादुर वि.क.लाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएर भागेको थियो । खजुराखुर्द क्षेत्रमा लुकेर बसेको सूचना पाएको प्रहरी उनीलाई नियन्त्रणमा लिन पुगेको थियो ।
‘
कोहलपुर १२ का गम्भीर घाइते वि.क.को यहाँ उपचार सम्भव नभएपछि बिहीबार नै भारतको लखनउ रिफर गरिएको छ । बाँकेमा तिहारको समयमा गुण्डागर्दीका घटनाहरू धेरै भएपछि प्रहरीले गुण्डागर्दीविरुद्व अभियान समेत थालिसकेको छ । सोही क्रममा रानालाई समेत गोली नै प्रहार गरेर नियन्त्रणमा लिइएको बाँके प्रहरीले स्रोतले जनाएको छ ।
पक्राउ परेका रानाले कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा करणी प्रयास गरेको समेत आरोप छ भने उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् ।