कोहलपुर नगर पालिका बजार अनुगमन समिती र सरोकार पक्षद्वारा आज कोहलपुर बजार अनुगमन भएको छ।कोहलपुरको मदनचोक क्षेत्रमा व्यापक अनुगमन गरिएको बजार अनुगमन समिती संयोजक अग्नि प्रसाद आचार्यले बताउनु भयो। अनुगमनका क्रममा किराना, खाद्य एव डेरि पसलहरुमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उपयोग गर्न नमिल्ने खाद्य तथा पेय पदार्थ नियन्त्रणमा लिइएको छ।करिब २० हजार बराबरको अखाद्य बस्तु नियन्त्रणमा लिइ नस्ट गरिएको उपभोक्ता हित संरक्षण मन्च कोहलपुरका अध्यक्ष बिष्णु प्रसाद बेल्बासेले बताए।
मदन चोकमा रहको सफल कृषक डेरी उद्योगमा लेबल बिना राखिएको ४ किलो ध्युलाई बिक्रि कक्षबाट हटाउन निर्देशन दिनुका साथै आगामी दिनमा लेबल बिना बिक्रि बितरण गरिएको पाइएमा कारबाही गरिने कोहलपुर नगरपालिकाको उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखा प्रमुख अग्नि प्रसाद आर्चायले कोहलपुर टाइम्सलाई बताए ।
अनुगमनमा खाद्य तथा गुण नियन्त्रण कार्यालयकि प्रबिधीक सहायक प्रतीक्षा पण्डित , पत्रकार हुमहरी भट्टराई , डिल्ली शाही र पबित्रा ढकाल लगाएतको सहभागिता रहेको थियो। पसलहरुमा सचेत गराउने लगाएतका जानकारी समेत दिएको थियो। कोहलपुर मा उपभोक्ता हित संरक्षण मन्चको गठन पछि अनुगमनले तीव्रता पाएको जनाइएको छ।