काठमाडौं : नेपालमा स्थायी लेखा नम्बर (प्यान) लिने करदाता संख्या ५९ लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (पुस मसान्त) सम्म प्यान नम्बर लिनेको संख्या ५९ लाख १७ हजार ९ सय ६२ पुगेको छ अघिल्लो आव २०७९/८० को अन्तिम (असार मसान्त) सम्म प्यान नम्बर लिने करदाता संख्या ५५ लाख ५४ हजार थियो ।
६ महिनामा ३ लाख ६३ हजार ९ सय ३६ करदाताले प्यान नम्बर लिएको अर्थ मन्त्रालयले जनाएको छ ।