९ पुष २०८१, मंगलवार
कोहलपुर नगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिदै

अधिकाश सिलाई कटाई तथा बुटिक सेन्टर दर्ता बिना संचालन


  • टाइम्स संवाददाता

  • १६ माघ २०८०, मंगलवार १७:१५

कोहलपुर  :  बाँकेको कोहलपुर नगरपालिकाको उद्योग सहकारी तथा उपभोग्ता हित संरक्षण उप शाखाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।   कोहलपुरको एन टिभी रोडमा दर्ता बिना संचालन भएको महिर बुटिक तथा सिलाई कटाइ प्रशिक्षण केन्द्रलाई बन्द गरिएको र तत्कालै दर्ता प्रक्रियामा जान समेत निर्देशन दिएको बजार अनुगमन समितीका संयोजक अग्नि प्रसाद आर्चायले कोहलपुर टाइम्सलाई बताए ।
कोहलपुरको एनटिभी रोडमा रहेका दर्जान बढि सिलाई कटाइ तथा बुटिक सेन्टरहरुले अनुगमनमा आएको थाहापाए पछि आफै पसल बन्द गरेको अनुगमन टोलिले जानकारी दिएको छ ।


कोहलपुर नगरपालिकाले दर्ता बिना संचालनमा आएका पसलहरुलाई तुरुन्तै दर्ता प्रक्रियामा जान समेत अनुरोध गर्दै आएको छ । बजार अनुगमनमा बाणिज्य आपुर्ति तथा उपभोग्ता संरक्षण कार्यालय नेपालगन्जका प्रमुख बिष्णु प्रसाद धिताल, सोही कार्यालयका नासु देबिलाल चौलागाई , उद्योग बाणिज्य सघ प्रतिनिधी पबित्रा ढकाल, उपभोग्ता हित संरक्षण मन्च कोहलपुर बिष्णु प्रसाद बेल्बासे र पत्रकार लगायतको सहभागीता रहेको थियो ।

Nabintech