३ माघ २०८१, बिहीबार
सुर्खेतमा अवैध तीन दर्जन ढक तराजु जफत

  • टाइम्स संवाददाता

  • १९ माघ २०८०, शुक्रबार १९:४९

सुर्खेत  :  सुर्खेत सदरमुकाम स्थित बसपार्क क्षेत्रका फलफूल तथा घुमन्ते व्यापारीले अवैध ढक, तराजु प्रयोग गरिरहेको भेटिएको छ ।

कम तौल दिएर उपभोक्तालाई ठगी गरिरहेको गुनासो आएपछि आज गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतले गरेको बजार अनुगमनका क्रममा व्यापारीले प्रमाणीकरण नगरिएका अवैध भारतीय ढक र तराजु प्रयोग गरेको भेटिएको हो । यात्रुलाई प्लाष्टिकको पोका र ठेलामा फलफूलको व्यापार गर्ने अधिकांश भारतीय नागरिकले कम तौल भएका ढक र बिग्रेका तराजु प्रयोग गर्ने गरेको भेटिएको अनुगमन टोलीले जनाएको छ ।  अनुगमन टोलीले तीन दर्जन अवैध ढक तराजु जफत गरेको गुणस्तर तथा नापतौल कार्यालय सुर्खेतका निमित्त प्रमुख टोपेन्द्र विकले जानकारी दिनु भयो । उहाँले अनुगमनका क्रममा घुमन्ते र ठेलामा तरकारी तथा फलफूल विक्रेताले ढुङ्गाको ढक राखेर तौलिने गरेको, स्पिरिङ्ग काँटा र भारतीय ढक प्रयोग गरि कम तौल दिएर उपभोक्तालाई ठगी गरिरहेको पाइएपछि ढक तराजु जफत गरिएको बताउनु भयो ।

Nabintech