९ पुष २०८१, मंगलवार
दुई दिनभन्दा धेरै हिरासतमा नराख्न अदालतको आदेश

  • टाइम्स संवाददाता

  • २३ माघ २०८०, मंगलवार १३:३२

काठमाण्डाै  :   जिल्ला अदालत काठमाण्डौले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई दुई दिनभन्दा धेरै हिरासतमा नराख्न आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले हिजो उनीहरु तीनै जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिनुभयो ।

व्यवसायी अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सीका सञ्जय ठाकुरलाई थप दुई दिन हिरातमा राख्न अनुमति दिएको हो । जग्गा प्रकरणमा सीआईबीले उनीहरुलाई माघ १८ गते पक्राउ गरेको थियो । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि हिजो जिल्ला अदालत काठमाण्डौमा पेस गरिएको थियो ।

Nabintech