३ माघ २०८१, बिहीबार
शेयर बजार आज पनि बढ्याे

  • टाइम्स संवाददाता

  • २४ माघ २०८०, बुधबार ०८:१७

काठमाण्डाै  : शेयर बजार आज पनि बढेको छ । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज नौ दशमलव ४४ अङ्कले बढेर दुई हजार ८५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

आज अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, विकास बैंक, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज समाज लघुवित्तको शेयर १० प्रतिशत र गुराँस लघुवित्तको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

आज ७६ लाख २४ हजार कित्ता शेयर दुई अर्ब ५९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको ३३ करोड ७६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Nabintech