११ पुष २०८१, बिहीबार
फागुन १३ गतेदेखि चैत ७ गतेसम्म दादुरा–रुबेलाको खोप अभियान

  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०८०, बिहीबार १४:०३

काठमाण्डाै  :  सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म  देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको  छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न  लागिएको जानकारी दिनुभयो ।

प्रवक्ता डा.बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो ।

Nabintech