११ पुष २०८१, बिहीबार
सरकारका कारण सङ्कट बढेको एमालेको निष्कर्ष,

विवादित मन्त्रीहरूलाई बर्खास्त गर्न माग


  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०८०, शुक्रबार ०८:१३

काठमाण्डौ   :  नेकपा एमालेले सरकारको गलत आर्थिक नीतिका कारण अर्थतन्त्र कमजोर हुँदै गएको र विकास निर्माण ठप्प हुँदै गएको निष्कर्ष निकालेको छ । हिजो सकिएको केन्द्रीय कमिटी बैठकले सरकारको बेथितिका कारण देश हरेक हिसाबले सङ्कटग्रस्त बन्दै गएको ठहर गरेको हो ।

एमालेले चर्को ब्याजदर, झण्झटिलो कर प्रशासन र सरकारका दोहनकारी नीतिका कारण व्यवसायीहरु हतोत्साही अवस्थाममा पुगेको जनाएको छ । वर्तमान गठबन्धन सरकारको कुशासन, आर्थिक असफलता, भ्रष्टाचार, चरम असुरक्षा, महँगीजस्ता विषयले नेपाली नागरिक आक्रान्त रहेको, सरकार पूर्णरूपमा असफल भएको, सरकारको गैरजिम्मेवार रवैयाले व्यवस्थामाथि नै प्रश्न उठाउने काम गरेको एमालेको आरोप छ ।

Nabintech