११ पुष २०८१, बिहीबार
आजदेखि मौसममा क्रमिक सुधार

  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०८०, शुक्रबार ०८:१७

काठमाण्डौ  : काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमवारदेखि मौसम बदली हुँदै आएकामा हिजो काठमाण्डौ उपत्यकाकासहित पहाडी  भेगमा पानी परेको हो । उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हिमपात भएको छ । काठमाण्डौ वरपरका डाँडामा पनि हल्का हिमपात भएको छ ।

आजदेखि मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार पश्चिमबाट मौसममा सुधार हुँदै जानेछ भने कोशीसहित पहाडी भेगमा आज पनि बदलीको सम्भावना छ । आज दिउँसो कोशी र गण्डकीका पहाडी भेगका केही ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजो दिउँसो काठमाण्डौमा मौसम खराबीका कारण हवाई उडान र अवतरणमा समस्या भएको थियो । पानी पर्न रोकिएपछि हिजो बेलुकीदेखि नै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित रुपमा सञ्चालन भैरहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

Nabintech