११ पुष २०८१, बिहीबार
आजकाे मौसम सामान्यतया सफा

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०८०, आईतवार ०८:२५

काठमाण्डौ  :  अहिले देशको लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान् महाशाखाले दैनिक बुलेटिन मार्फत जानकारी गराएको छ ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केही ठाउँमा फाट्टफुट्ट वर्षा र गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

भोलि पनि केही ठाउँमा सामान्य बदलीको सम्भावना रहेको छ । केही दिन पानी पर्ने सम्भावना नभए पनि मौसम बदली हुने क्रम भने चलिरहने र यो हप्ताको अन्त्यतिर पुनः अर्को प्रणाली सक्रिय भएर पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

जल तथा मौसम विज्ञान विभागले यो वर्षका लागि गएको मङ्सिर १५ देखि यही फागुन १७ गतेसम्म तीन महिनाको समयलाई हिउँद अवधि भनेको थियो । जस अनुसार अब झण्डै पाँच दिन हिउँद बाँकी छ । त्यही अवधिमा वा त्यो भन्दा एक–दुई दिन पछिसम्म हिउँदे वर्षाको सम्भावना रहेको मौसमविद् आर्यालले बताउनुभयो ।

 

Nabintech