१० बैशाख २०८२, बुधबार
कोहलपुरमा लागुऔषध सहित पक्राउ

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०८०, आईतवार १७:२०

कोहलपुर : कोहलपुरमा लागुऔषध सहित दम्पति पक्राउ परेका छन् ।कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाही पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७ सय मिलिग्राम लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Nabintech