११ पुष २०८१, बिहीबार
लुम्बिनीमा प्राङ्गारिक कृषिउपजको बजार बढेसँगै उत्पादन बृद्धि

  • टाइम्स संवाददाता

  • १४ फाल्गुन २०८०, सोमबार १३:११

बुटवल :  लुम्बिनी प्रदेशमा प्राङ्गारिक कृषिउपजको बजार बढ्दै गएकाले यसको उत्पादन पनि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समयमा विश्वसँगै नेपालभित्रै पनि रैथाने र प्राङ्गारिक कृषि वस्तुको माग बढ्दै गएको सरोकारवाला तथा विज्ञले बताएका छन् ।

बुटवल उद्योग वाणिज्य महासङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र जोशीले रैथाने र प्राङ्गारिक कृषि वस्तुको बजार बढ्दै गएकाले अहिले भइरहेको प्राङ्गारिक उत्पादनले बजार माग पूरा गर्न नसक्ने हुनाले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

बिस्तारै यसको बजार अझै बढ्दै जाने भएकाले किसानले उत्पादन गर्ने कृषिउपजलाई प्राङ्गारीकरण गर्दै जानुपर्ने उहाँको भनाइ छ । प्राङ्गारिक उत्पादन नेपालको माटो सुहाउँदो कुरा पनि भएकाले यसको माग बढ्दै जाँदा त्यसबाट किसानले पनि लाभ लिन सक्नेछन् । यसले उत्पादन लागत पनि घटाउँछ भने मलखाद नपाउने समस्या पनि नरहने देखिन्छ ।

तर प्राङ्गारिक हो भन्ने कुराको प्रमाणीकरणको प्रबन्ध मिलाउनुपर्ने किसानले बताएका छन् । प्राङ्गारिक प्रमाणीकरण नहुँदा अप्राङ्गारिकलाई पनि प्राङ्गारिक भनेर उपभोक्ता झुक्याउने सम्भावना रहेकाले त्यसको व्यवस्था सरकारले मिलाउनुपर्ने उनीहरुले बताएका छन्

Nabintech