१२ मंसिर २०८१, बुधबार
दाङमा करेन्ट लाग्दा एकै परिवारका तीन जनाको ज्यान गयो

  • टाइम्स संवाददाता

  • ११ चैत्र २०८०, आईतवार १०:३०

दाङ  : दाङमा बिद्युतको तार चुँडिएर भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ । राप्ती गाउँपालिका–३ मा हिजो दिउँसो बिद्युतको तार चुँडिएर घरको आँगनमा पुग्दा एकै घरका तीन जनाको ज्यान गएको हो । चुँडिएको तारले शुरुमा चार बर्षका बालकलाई छोएको र उनलाई बचाउन जाँदा बालकका हजुरबुबा र हजुरआमाको पनि ज्यान गएको हो ।

ज्यान गुमाउनेहरुमा ६० वर्षका गोरखबहादुर केसी, उहाँकी श्रीमती ५५ वर्षकी दिलसरा र नाती चार वर्षका कृष्ण रहेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  करेन्ट लागेर घाइते भएकामध्ये हजुरआमा र नातीको लमही अस्पतालमा र हजुरबुबाको बुटवलमा उपचारको क्रममा ज्यान गएको हो ।

Nabintech