९ पुष २०८१, मंगलवार
अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना

  • टाइम्स संवाददाता

  • २१ बैशाख २०८१, शुक्रबार ०७:३५

कोहलपुर : अबको एक हप्ता देशका धेरै ठाउँहरूमा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नभए पनि अधिकतम तापक्रम औसतको तुलनामा भने घट्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले साप्ताहिक कृषि मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै हप्ताको मध्य तथा अन्त्यतिर केही ठाउँमा पानी पर्ने जानकारी पनि दिएको छ ।

महाशाखाका अनुसार आउँदो हप्ताको मध्य तथा अन्त्यमा लुम्बिनी प्रदेशको पहाडी भू–भागका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हप्ताको शुरुमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ

Nabintech