८ पुष २०८१, सोमबार
तातो हावाको कारण पोलियोबिरुद्धको खोप अभियान प्रभाबित

  • टाइम्स संवाददाता

  • २३ जेष्ठ २०८१, बुधबार ०७:२३

सरकारले गएको जेठ १३ गतेदेखि सञ्चालन गरेको पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान तराईका जिल्लामा प्रभावित भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले तराईका धेरैजसो जिल्लामा उच्च गर्मी र तातो हावाको लहर चलेसँगै खोप अभियान प्रभावित भएको बताउनुभयो ।

गर्मीका कारण तराई/मधेशमा कतिपय विद्यालय बन्द गरिएको छ । विद्यालय बन्द हुँदा आईपीभी खोप कार्यक्रम सञ्चालन भए पनि प्रभावित भएको हो । पानी पर्न र केही शितल हुन थालेसँगै अब फेरि विद्यालय खुल्ने र खोप अभियान पनि सञ्चालन गर्ने डा. गौतमले बताउनुभयो । उहाँकाअनुसार अहिलेसम्म चार लाख १७ हजार पाँच सय ३६ जना बालबालिकाले पोलियोविरुद्धको खोप आईपीभी लगाइसकेका छन् । यो २८ दशमलव ५ प्रतिशत हो ।

Nabintech