१९ पुष २०८१, शुक्रबार
बाँकेको तापक्रम ४१ डिग्री भन्दा माथि आइतबार देखि हल्का बर्षाको सम्भावना

  • टाइम्स संवाददाता

  • ६ असार २०८१, बुधबार १६:५९

कोहलपुर:  पछिल्लो समय तराइ क्षेत्र बिशेष गरि भैरहवा , बाँकेको कोहलपुर, नेपालगन्ज ,बर्दिया र सुदुरपश्चिम प्रदेशको धनगढीमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेको छ । दाङ र भैरहवामा बाँकेको तुलनामा गर्मी कम रहेको छ । बाँकेमा बर्षा भने आइतबार पछि  पर्न सक्ने अनुमान गरिएको छ । जल तथा मौसम बिभाग कार्यालय कोहलपुरका नायब मौसम बिज्ञान सहायक अर्जन भुसालका अनुसार आज बाँकेको ४१ दशमलब ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । मिनीमम तापक्रम बढिहुदा गर्मी बढि हुने गर्दछ आज बाकेको मिनिमम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ ।
दाङ र भैरहवामा बाँकेको भन्दा तुलनात्मक रुपमा कम गर्मी रहेको र अब बिहीबारदेखि दाङको तापक्रम घट्ने क्रम सुरु भएपछि त्यसको थोरै प्रभाव बाँकेमा पनि पर्ने र तापक्रम घट्न सक्ने संभावना रहेको छ

पूर्वी नेपालमा भित्रिएको मौसम कमजोर हुँदा त्यो पश्चिम पुग्न ढिलाइ हुनु तथा बायूमण्डलमा आद्रदा बढी हुनु जस्ता कारणले पश्चिम नेपालका तराइका जिल्लाहरुमा यो बर्ष लामो समय गर्र्मी तथा तातो हावा चलेको भुसालले जानकारी दिनु भयो । गर्मीका कारण कोहलपुर क्षेत्रमा सन्चालनमा आएका बिद्यालयका बिद्यार्थी बढि प्रभाबित भएका छन । कतिपय बिद्यालयले बिहानी कक्षा सन्चालन गरे पनि बिद्यार्थी मध्यानको चर्को गर्मी खेप्दै घर फर्कनु पर्ने अबस्था आएको छ । अधिकाश अभिभाबकहरुले केही दिन बिद्यालय बन्द गर्नु पर्ने आवाज उठाए पनि सरोकारवाला निकायले नसुनेको अभिभावकको गुनासो रहेको कोहलपुर टाइस्मलाई बताए

Nabintech