८ पुष २०८१, सोमबार
७२ जिल्लामा डेङ्गी फैलियो

  • टाइम्स संवाददाता

  • ७ असार २०८१, बिहीबार ०९:१३

देशका ७२ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार पछिल्लो ६ महिनामा सङ्क्रमितको सङ्ख्या १२ सय नाघेको छ । हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेङ्गीकोे सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

बाग्मतीमा ४ सय २८, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेशमा ३४ र कर्णालीमा १८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा धेरै सङ्क्रमित काठमाण्डौमा भेटिएका छन् । काठमाण्डौमा १४१, झापामा ११२, चितवनमा ७५, मकवानपुरमा ५९ र डोटीमा ४७ जनामा सङ्क्रमण देखिएको महाशाखाले जनाएको छ । डेङ्गी सार्ने एडिज जातको लामखुट्टेले प्रायः दिनमा टोक्छ । यो लामखुट्टेले जमेको थोरै पानीमा पनि फुल पार्ने भएकाले सरसफाईमा र पानी जम्न नदिन तथा लामखुट्टेको टोकाइबाट बच्न विज्ञको सुझाव छ ।

Nabintech