८ पुष २०८१, सोमबार
प्राइम सहकारी ठगी: सात जना पुर्पक्षका लागि थुनामा

  • टाइम्स संवाददाता

  • ८ असार २०८१, शुक्रबार ०७:५९

पोखरा : कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको ठगीमा मुख्य योजनाकार मानिएका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापासहित सञ्चालक समितिका बहालवाला र पूर्व पदाधिकारीलाई थुनामा पठाइएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जेठ २७ गते ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

अदालतमा उपस्थित नौमध्ये बाँकी दुई जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ

Nabintech