१३ आश्विन २०८१, आईतवार
आज विश्व योग दिवस

  • टाइम्स संवाददाता

  • ८ असार २०८१, शुक्रबार ०९:४४

‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ आज विश्व योग दिवस मनाइँदै छ। हरेक वर्षको जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा नेपालसहित विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइन्छ । योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ ।यसै बिच आज कोहलपुरमा पनि योग दिवस मनाइएको छ ।

यो मन, शरीर र आत्माबीच तादम्यता एवम् सद्भावको भावलाई विकसित एवम् त्वरित गर्ने प्रतीक पनि हो । यसले वर्तमानमा केन्द्रित हुँदै तनाव एवम् नकारात्मकताबाट बच्न सिकाउँदछ । योगले आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउने योग गुरुहरु बताउँछन् ।

Nabintech