२ कार्तिक २०८१, शुक्रबार
बाल सुधार गृहका बाल बन्दीमा छाला रोगको सङ्क्रमण

  • टाइम्स संवाददाता

  • २ श्रावण २०८१, बुधबार १०:०३

बाँके : बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा रहेका बालबन्दीहरुमा छाला रोगको सङ्क्रमण पाइएको छ ।उक्त बाल सुधार गृहमा कानुनी विवादमा रहेका बालकहरूका लागि आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रममा उनीहरूको चेकजाँच गर्दा अधिकांशमा छाला रोगको समस्या पाइएको हो ।

एक्भोकेसी फोरम नेपाल, जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालतले जयेन्दु बाल सुधार गृह र भेरी अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जना बाल बन्दीले स्वास्थ्य सेवा लिएको एड्भोकेसी फोरमका लुम्बिनी संयोजक वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सुधार गृहमा रहेकामध्ये छालासम्बन्धी स्क्रिनिङ्ग गर्दा १ सय २० जनालाई उक्त रोगको सङ्क्रमण पाइएको र उनीहरूलाई उपचार गरिएको थियो ।

Nabintech