२ कार्तिक २०८१, शुक्रबार
सम्बन्ध बिच्छेदका घटना बढ्दै

  • टाइम्स संवाददाता

  • ७ श्रावण २०८१, सोमबार १०:१०

बर्दिया : बर्दियामा एक वर्षमा चार सय ४४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको छ । बर्दिया जिल्ला अदालतमा चार सय ४४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको जनाएको हो । 

विवाहले  पुरुष र महिलाबीचको सम्बन्ध श्रीमान श्रीमतीको रुपमा  जोड्ने काम गर्छ । भने  सम्बन्ध विच्छेदले सोही श्रीमान, श्रीमती बीचको नाता सम्बन्ध तोड्ने काम गर्छ । स्पष्ट रुपमा भन्ने हो भने पति र पत्नीबीच कुनै पनि प्रक्रियाद्वारा जोडिएको वैवाहिक सम्बन्ध, सामाजिक र कानूनी मान्यता अनुरूप पति पत्नीबीचको नाता सम्बन्धको त्याग पत्र नै सम्बन्ध विच्छेद हो । नेपालमा सम्बन्ध विच्छेद सम्बन्धी कानूनी व्यवस्था मुलुकी देवानी सहितै २०७४ को परिच्छेद ३ मा व्यवस्था गरिए बमोजिम रहेको छ । 

बर्दियाको अदालतको तथ्याङ्क अनुसार प्रत्येक वर्ष सम्बन्ध बिच्छेदको मुद्दा बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा चार सय १५ , आर्थिक वर्ष २०७८/०७९ मा दुई सय २४ सम्बन्ध बिच्छेदको मुद्दा दर्ता भएको बर्दिया जिल्ला अदालतले  जनाएको छ ।

Nabintech