कोहलपुर : कोहलपुर बसपार्कको उतर तर्फबाट चपरगौडी जोडने बाटो र गेट निमार्ण हुने भएको छ । कोहलपुर बसपार्कमा पुर्वबाट आएका सवारी साधनहरु अब कोहलपुर चौराह नपुगी डुडुवा पुल देखि करिब १५० मिटर कोहलपुरचौराह पुग्ने स्थानबाट बस पार्क जाने गरि काम भइरहेको कोहलपुर नगरपालिका वडा न१२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले बताउनु भयो ।
बसपार्कबाट चपरगौडी सिधै अब आउन सकिने भएको छ । आगामी असोज महिना सम्म माटो पटान , कर्भड निमार्ण दुबै तर्फ पक्की पर्खाल सहित सवारी साधन आवत जावत हुने गरेर काम सम्पन्न हुने गरि तयारी भइरहेको बताइएको छ ।
बिशेष गरेर बसपार्कको उतर तर्फबाट बाटो निमार्ण भएमा चपरगौडी बासीलाई सहजता हुने हुदा यस कार्यलाई तिब्र गतिमा काम गर्ने तयारी भएको वडा न१२ का वडा अध्यक्ष बिरेन्द्र शाहले बताउनु भएको छ ।
हाल निमार्ण भएको बसपार्कको पर्खाल देखि मुख्य सडक सम्म ४१ मिटरको दुरी रहेको छ । बसपार्क निमार्णको क्रमा डिपीआरमा यहाबाट निकासको लागी ब्यवस्था रहेको थियो । तर त्यतिबेला काम भएको थिएन । अहिले वडा न १२ का वडा अध्यक्ष शाहको बिषेश अग्रसरतामा काम हुन थालेको बुझिएको छ ।