सन् २०२४ को जुलाई महिना विश्वको दोस्रो सबैभन्दा तातो महिनाको रूपमा रेकर्ड भएको छ । युरोपियन युनियनको जलवायु परिवर्तनसम्बन्धी निगरानी राख्ने निकाय कोपर्निकस जलवायु परिवर्तन सेवाले यस वर्षको जुलाईको तापक्रम गएको वर्षको तुलनामा थोरै कम हुँदै अहिलेसम्मको दोस्रो तातो महिनाको रूपमा रेकर्ड भएको जनाएको हो ।
यस वर्ष जुलाईको औसत सतहको हावाको तापक्रम १६ दशमलव ९१ डिग्री सेल्सियस थियो जुन एक वर्षअघिको तुलनामा शून्य दशमलव शून्य चार डिग्री सेल्सियस कम रहेको कोपर्निकसलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।