दियालो परिवार सामाजिक रुपान्तरणका लागि दशकभन्दा लामो समयदेखि लाग्दै आएको सस्था हो । समाज ब्पान्तरणको अभियानमा निरन्तर सकारात्मक पहल गर्ने कुरालाई आत्मसात गर्दै संस्थाले विगतका दिनदेखि धार्मिक, सास्कृतिक, साहित्यिक सडक नाटक, बव्यदृश्य गीति अभियान लगायतका थुप्रै कामहरू गर्दै आएको छ। सामाजिक रुपान्तरणको अभियानमा हालसम्म संस्थाले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू ९धार्मिक, सास्कृतिक, साहित्यिक सम्मेलनहरू, सडक नाटक भीचगान, तालिम, गोष्ठी, उलफल, विचार, विमर्श, प्रदर्शन लगायत ,पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म संचालन गर्दै आएको छ।
विशेषगरी सांस्कृतिक स्पान्तरणको माध्यमबाट समाजमा भएका कुरिती, कुसंस्कार, बेतिथि, समस्या लगायतका कुराहरूलाई समाधानको पहल गर्न सकिन्छ भन्ने उद्देश्यका साथ लाग्दै आएको छ। हाम्रा मौलिक संस्कृतिलाई जोगाएर अगाडि बढ्नु आजको आवश्यकता रहेको छ। यिनै कुराहरुलाई मध्यनजर गर्दै हाम्रा यस्ता परम्परालाई जोगाउन विभिन्न समस्या र चुनौतीबाट एवम् वाधा तथा अवरोधहरू व्यवस्थापन गर्न साँस्कृतिका पक्षलाई समेट्न सरोकारवाला निकायबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम(२०८१ सञ्चालनको तयारी गरेका छौं। कार्यक्रम आयोजना पछि संकलित रकमबाट बचत हुने रकमले संस्थाको आवश्यकता अनुसार तत्काल कार्यालय व्यवस्थापन पछि कार्यसम्पादन एवम् वाद्यवादनका सामाग्री खरिद, व्यवस्थापन, सेवा प्रवाहमा सहयोग पुग्नेछ। यहि मिति २०८१ भाद १८ गतेवाट २९ गतेसम्म सञ्चालन गरिने हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम(२०८१ कोहलपुर न्यूरोडको खुल्ला मैदानलाई कार्यक्रम आयोजना स्थलका रूपमा छनौट गरिएको छ। कुनै पनि व्यवसायिक स्टल विना आयोजन गर्न लागिएको कार्यक्रम टिकट विक्रीलाई नै मुख्य आम्दानीको श्रोतको रुपमा लिइएको छ। कार्यक्रममा हरेक दिन हुने सांस्कृतिक कार्यक्रमहरू विशेष गरी हरितालिका तीज पर्वसँग सम्बन्धित रहेर साँस्कृतिक गतिविधीहरू सञ्चालन हुनेछन्। तीजको मौलिकतालाई कायम राख्दै तीज गीत एवम् नृत्य प्रतियोगिता समेत सञ्चालन गरिनेछ। हरेक दिन राष्ट्रिय सयाती प्राप्त कलाकारहरुको बेजोड साँगितिक कार्यक्रम विशेष आकर्षणका रूपमा रहनेछन् । पछिल्लो समय तीज पर्वको नाममा विकृतिका रूपमा देखिएको फेसन, महंगो लुगा अनि आधुनिक गहना प्रर्दशन गर्ने प्रतिस्पर्धा सँगै तीजमा गाइने मौलिक लोकभाकाको ठाँउमा पश्चिमी शैली र त्यस खालका नाँचगानमा बढी रमाउने समाजमा वास्तविक तीजको गरिमा र तीज पर्वको मौलिकतालाई कायम राख्न पनि फरक किसिमले आयोजना गर्न लागिएको यो कार्यक्रम मार्फत् तीजमा गाउने विभिन्न रमाईलो लोकभाकाका गीतहरूले नेपाली कला र संस्कृतिलाई बढवा दिन टेवा पुग्ने विश्वास लिइएको छ। अर्कोतिर दिदीबहिनीहरूमा लुकेर रहेको मैलिक कला र प्रतिभालाई पनि उजागर गर्न सहयोग पुयाउन यो कार्यक्रम प्रभावकारी हुनेमा हामी विश्वस्त छौ । स्थानीय स्रोतको सदुपयोग गरी दियालो परिवार कोहलपुरले आफ्नो कार्यालय व्यवस्थापन, वाद्यवादनका सामाग्री खरिद लगायतको सहयोगार्थ आयोजना गर्न लागिएको यस कार्यक्रमलाई भब्य रुपमा सफला पार्नको लागि सरकारी, गैर सरकारी संघसंस्था, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, कम्पनी, पत्रकार, लगायत सरोकारवाला निकायको सहभागीता एवं सहयोगको लागि यसै विज्ञप्ति मार्फत हार्दिक अपिल गर्दछौ। पत्रकार सम्मेलन दियालो परिवारको अध्यक्ष भावना पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो । तिज बिषेश कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको सहभागीता हुने बताइएको छ ।