बाँके : नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज लेखनबृति प्रतियोगितामा रेडियो नेपाल बाँके जिल्ला सम्बाददाता पत्रकार सरला सुवेदी प्रथम हुनुभएको छ। प्रतियोगितामा सहभागी भएका सात जना महिला पत्रकारमध्ये सुवेदीको लेख उत्कृष्ट ठहरिएको हो। प्रतियोगितामा साबित्री बिश्वकर्मा दोस्रो र आरती कट्टेल तेस्रो स्थानमा पर्नुभएको छ। उत्कृष्ट भएसँगै उहाँहरुलाई क्रमशः पाँच हजार, तीन हजार, र दुई हजार रुपैयाँले पुरस्कृत गरिएको छ। लेखनबृति प्रतियोगितामा बाँकेका सात जना महिला पत्रकारले सहभागिता जनाएका थिए, जसमा बिमला चौधरी, ममता थापा, शिवानी विक, र शाहिदा बानो पनि थिए। प्रतियोगितामा सहभागी सबैलाई नगद एक/एक हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभएको थियो।