३ आश्विन २०८१, बिहीबार
वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण

  • टाइम्स संवाददाता

  • २८ भाद्र २०८१, शुक्रबार १७:०३

प्युठान : ऐरावती गाउँपालिकामा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले ऐरावती गाउँपालिकाको समन्वयमा वडाबाटै राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो ।

विहीबार १ र २ नम्वर वडामा परिचयपत्र वितरण गरिएको छ । शनिबारसम्म सबै वडाबाट परिचयपत्र वितरण गर्ने कार्ययोजना रहेको छ । सेवा प्रवाहलाई छिटो, छरितो बनाउन वडाबाटै वितरण गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले बताउनुभयो ।

 

Nabintech