३ आश्विन २०८१, बिहीबार
संसद्को वर्षे अधिवेशन आज रातिदेखि अन्त्य हुँदै

  • टाइम्स संवाददाता

  • ३१ भाद्र २०८१, सोमबार ०८:०२

काठमाणडौ  :  सङ्घीय संसद्को चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा शुरु भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले अवरोध जारी राखेकै बेला अधिवेशन अन्त्यको सिफारिस भएको हो ।

Nabintech