६ आश्विन २०८१, आईतवार
नेपाली वजारमा सुनको मुल्य अहिले सम्मकै उच्च

  • टाइम्स संवाददाता

  • ६ आश्विन २०८१, आईतवार ११:५७

कोहलपुर  : लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा र एक हजार सात सय स्पैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आज आइतबारका लागि  एक लाख ५८ हजार आठ सय रुपैयाँनिर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा  दुई हजार एक सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार नौ सय २० रुपैयाँ निर्धारण भएको छ ।

Nabintech