८ आश्विन २०८१, मंगलवार
भोलिदेखि धेरै ठाउँमा पानी पर्न धान नकाटन सुझाब

  • टाइम्स संवाददाता

  • ८ आश्विन २०८१, मंगलवार १३:१८

कोहलपुर  :  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र देशभर मनसुनी वायुको प्रभाव रहेकोले आउँदो १२ गतेसम्म धेरै ठाउँमा पानी पर्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवारसम्म पानी पर्ने भए पनि निरन्तरको झरी नभएर केहीबेर रोकिँदै अनि पानी पर्दै गर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । महाशाखाले यसअघि हिजो विशेष बुलेटिन निकालेर मनसुनको असर आज थोरै पर्ने तर भोलिदेखि धेरै ठाउँमा पानी पर्न सक्ने जानकारी दिएको छ ।

मनसुनी वायुसँगै बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्फयुक्त हावाको प्रभाव लुम्बिनी र सुदुरपश्चिम क्षेत्रमा बढी छ भने देशैभर बदली भई विभिन्न ठाउँमा मेघगर्जनरचट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकासहित कोशी, बाग्मती, मधेश र गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा हुन थालेको मौसमविद् झाले बताउनुभयो ।

Nabintech