१० मंसिर २०८१, सोमबार
प्याब्सन कोहलपुरको अधिबेशन सुरु आझै नयाँ नेतृत्व चयन हुने

  • टाइम्स संवाददाता

  • १० मंसिर २०८१, सोमबार २१:१४

कोहलपुर : निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल कोहलपुर तथा बैजनाथको सातौ साधारण सभा तथा तेस्रो अधिवेशन सुरुभएको छ । प्यब्सन कोहलपुर नगर कमिटिको सातौ अधिबेसन आज सोमबार एक कार्यक्रमका बिच सुरु गरिएको हो। साधारण सभामा बोल्दै प्याब्सन बाँकेका अध्यक्ष यम रावतले शैक्षिक क्षेत्रको बिकास र संरक्षण भएको खण्डमा मात्र स्थानीयहरुको आय आर्जनमा बृद्धि हुनेमा जोड दिएका थिए । यस्तै कार्यक्रममा बोल्दै प्याब्सन नेपालका केन्द्रिय प्राज्ञिक सल्लाहाकार डा. राजेश केशर खनालले निजी शैक्षिक क्षेत्र लगानी गरेका व्यक्तिहरुको सम्पत्तिको संरक्षण र सरकारको सकारात्मक साथको आबश्यकता हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले निजी शैक्षिक क्षेत्रको अवधारणा धेरै समय पहिले देखि भएको हुदा यसलाई सामुदायिक र निजी भनेर दुइ खाले निति अपनाउदा निजी लगानकिर्ताहरु त्रसित हुने बातावरणको सृजना भएको उहाँल बताउनु भयो । सोही कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यबहाक मेयर संगिता सुबेदीले स्थानीय सरकार निजी शैक्षिक क्षेत्रसंगको सहकार्यलाई सकारात्मकताका साथ लिएको हुदा स्थानिय सरकार जहिले पनि साथमा रहेको बताईन । कार्यक्रमा कोहलपुर प्याब्सनमा आबद्धरहेका २४ वटा विद्यालयका संचालकहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन प्याब्सन कोहलपुर नगर अध्यक्ष गोबिन्द सुबेदिको अध्यक्षता र सचिब रमेश केसीको संचालनमा कार्यक्रम भएको थियो। तेस्रो अधिबेसनबाट आझै नयाँ नेतृत्व प्याब्सन कोहलपुर नगर कमिटिले पाउने छ भने बैजनाथ गाउँपालिकामा नयाँ फोकल पर्सनकको चयन गरिने छ ।

Nabintech