७ बैशाख २०८२, आईतवार
नेपाल नेत्रहिन विश्वकपको फाइनल पुग्न सकेन

  • टाइम्स संवाददाता

  • १६ मंसिर २०८१, आईतवार १८:३७

काठमाडौं – नेपाल पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपको‌ फाइनल पुग्न असफल भएको छ । नेत्रहिन विश्व कपको १२ वर्षे यात्राम पहिलो पटक सेमिफाइनल पुगेको नेपाल फाइनल पुग्न भने सकेन । आइतवार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग १० विकेटको फराकिलोपछि नेपालको यात्रा सेमिफाइनलमा सकिएको हो ।  नेपाली टोलीले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ६ देश सहभागी विश्वकपको लिग चरणबाट चौथो स्थानमा रहँदै नेपालले सेमिफाइनलमा पुगेको थियो । लिग चरणको खेलमा पनि नेपाल पाकिस्तानसँग १० विकेटले नै पराजित भएको थियो ।

Nabintech