७ पुष २०८१, आईतवार
यू-१९ एसिया कप : अफगानिस्तानमाथि नेपालको १ विकेटको रोमाञ्चक जीत

  • टाइम्स संवाददाता

  • १८ मंसिर २०८१, मंगलवार १८:२८

काठमाडौं – यूएईमा जारी यू-१९ एसिया कपमा आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो ।  नेपालका लागि नरेन साउदले सर्वाधिक २६ रन बनाए । अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठीले ९, मायन यादव १, सन्तोष यादव ७, नरेन भट्ट २, रोशन विश्वकर्मा ९, उत्तम थापामगर २ रनमा आउट हुँदा कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे ।

नरेन र हेमन्तको संयमित ब्याटिङले नेपालले जीत दर्ता गराएको हो । ८४ रनमा आठौं विकेट गुमाएको नेपालको इनिङलाई हेमन्त र नरेनले उकासेका थिए । उनीहरुले नवौं विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । बलिङमा अफगानिस्तानका अल्लाह गजन्फर र खातिर स्टानिकजाईले ३(३ लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १२३ रनमा समेटिएको थियो । अफगानिस्तानका फैखल खानले ५२ रन जोड्दा अन्य ब्याटरले रन बनाउन सकेका सकेनन् । बलिङमा नेपालका युनिस ठकुरी र सन्तोष यादवले ३(३, अभिषेक तिवारी र कप्तान हेमन्त धामीले २(२ विकेट लिए ।  नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ र दोस्रो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

Nabintech