७ पुष २०८१, आईतवार
‘गृहमन्त्रीको पीए हुँ’ भन्दै लाभ लिने खोज्ने व्यक्ति पक्राउ

  • टाइम्स संवाददाता

  • २० मंसिर २०८१, बिहीबार १९:५८

काठमाडौं – गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने नक्कली पीएलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । गृहमन्त्री रमेश लेखकको पिए बताउँदै विभिन्न क्षेत्रबाट लाभ लिन खोज्ने बैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ वर्षीय करनसिंह विष्टलाई काठमाडौंबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी गराए ।

उनका अनुसार नक्कली पीए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको र कानूनी कारबाही अघि बढिसकेको छ । त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पीएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।

नक्कली पीएले अनावश्यक दबाब दिएर फोन गर्न थालेपछि सचिवालको आग्रहमा पक्राउ गरिएको हो । गृहमन्त्रीको सचिवालयले पनि विभिन्न क्षेत्रमा पीए र सल्लाहाकार हुँ भन्दै फोन गर्ने व्यक्तिबाट सर्तक रहन आग्रह गरेको छ ।

Nabintech