७ बैशाख २०८२, आईतवार
२०३४ को फिफा विश्वकप साउदी अरबले आयोजना गर्ने

  • टाइम्स संवाददाता

  • २७ मंसिर २०८१, बिहीबार ०५:४२

फुटबलको सर्वोच्च प्रतियोगिता फिफा विश्वकपका आगामी दुई संस्करणका आयोजक देशहरूको घोषणा भएको छ । फिफाले २०३० र २०३४ का विश्वकप आयोजना गर्ने देशबारे आफ्नो आधिकारिक फेसबुक पोस्टमार्फत जानकारी दिएको छ ।

फिफाका अनुसार विश्वकप २०३० को आयोजना मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रूपमा गर्नेछन् । यसका साथै प्रतियोगिताका तीन विशेष उद्घाटन खेलहरू अर्जेन्टिना, पराग्वे र उरुग्वेमा सम्पन्न हुनेछन् । यो वर्ष विश्वकपको १०० औं संस्करण मनाइने भएकाले दक्षिण अमेरिकी देशहरूमा विशेष खेल आयोजना गरी ऐतिहासिक क्षणलाई सम्मान गरिनेछ ।  फिफा विश्वकप २०३४ को आयोजना भने साउदी अरेबियाले पहिलो पटक गर्नेछ । यस निर्णयसँगै साउदी अरेबियाले विश्वस्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्ने ऐतिहासिक अवसर प्राप्त गरेको छ । २०३० को विश्वकपले तीन महादेशको सहभागिता र इतिहासलाई जोड्ने फिफाको विश्वास छ भने २०३४ मा साउदी अरेबियाले पहिलो पटक विश्वकपको आयोजना गर्दै नयाँ कीर्तिमान रच्नेछ ।

Nabintech