४ पुष २०८१, बिहीबार
कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

  • टाइम्स संवाददाता

  • ४ पुष २०८१, बिहीबार १८:१०

काठमाडौं – कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो ।

१९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए ।

जनकपुरका जिमि निशमले सर्वाधिक ४५ रन जोडे । सामान्य लक्ष्य पछ्याएको जनकपुरको ब्याटिङ जिमिले उकासेका थिए । बलिङमा कर्णालीका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको थियो । कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।
बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुईदुई, हर्ष थाकर र शेर मल्लले एकएक विकेट लिए ।
कर्णालीलाई हराएको जनकपुरले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

Nabintech