२ माघ २०८१, बुधबार
माघी पर्व धुमधाम संग मनाइदै

  • टाइम्स संवाददाता

  • १ माघ २०८१, मंगलवार ०६:१९

माघी पर्व धुमधाम संग मनाइदै

थारु समुदायमा नयाँ वर्षका रुपमा धुमधामका साथ माघी पर्व मनाइदै छ।

यश पर्व स्नान, दान, एवं खानपिन र रमाइलो नाचगान  गरेर धुमधामका साथ  पर्व मनाइन्छ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन १ माघमा थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

थारु समुदायमा भने मुख्य पर्वका रुपमम धुमधामका साथ यो पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी मान्यजनबाट आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।
कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग गरिन्छ।

माघी पर्वका अवसरमा बाके र बर्दियामा माघी महोत्सव एवं मेलाहरु संचालन भैरहेका छ्न।

Nabintech