काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज ९नेप्से० परिसूचक पहिलो कारोबार दिन आज आइतबार १२.५८ अंकले बढेर २६०१.२१ अंकमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार ७.३३ अंकले घटेर २५८८.६२ अंक पुगेको थियो । अघिल्लो दिन बुधबार २५८५.८६ अंकमा बन्द भएको थियो ।
गएको साता फाइनान्स सेक्टरमा ठूलो गिरावट आए पनि आइतबार भने बढेको छ । यसका साथै हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन, लघुवित्त, निर्जीवन बीमा, बैंक, विकास बैंक र अन्य सेक्टर बढेका छन् भने होटल तथा पर्यटन र म्युचुअल फन्ड भने घटेका छन् । फाइनान्स कम्पनीका लगाीकर्ताले गएको साता बढी जोखिम महसुस गरेर सेयर बिक्री गरेका थिए । आइतबार १ सय ७१ कम्पनीको सेयर मूल्य बढको छ भने ६८ को घटेको छ । चारको मूल्य स्थिर छ । नेप्सेका अनुसार आइतबार कुल १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार ६ सय २४ रुपैयाँ बराबर कारोबार भएको छ ।
आज बोटलर्स नेपाल बालाजुको सेयर १० प्रतिशत बढेको छ । त्यस्तै विन नेपाल लघुवित्तको ९।०९, सामलिङ पावर कम्पनी ७।४६, नेपाल रिपब्लिक मिडिया ७।३७ र एनएमबी डिबेन्चरको ७.३५ प्रतिशतले मूल्य बढेको छ ।
आज सबैभन्दा धेरै सुपरमादी हाइड्रोपावरको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । त्यस्तै एनआईसी एसिया सेलेक्ट फन्ड ६।९३, रिभर फल्स पावर ६।४५, ११ प्रतिशत केबीएल डिबेन्चर ५।२५ र अपर हेवाखोला हाइड्रोपावरको ४।४२ प्रशितले घटेको छ।
आइतबार सबैभन्दा धेरे एनआरएन इन्फ्रास्ट्रक्चरको सबैभन्दा धेरै २६ करोड ८५ लाखको कारोबार भएको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको २४ करोड ४५ लाख, सानिमा मिडिल तमोर हाइड्रोपावरको १५ करोड १५ लाखको कारोबार भएको छ ।