९ माघ २०८१, बुधबार
एक दिने आँखा शिबिर सम्पन्न

  • टाइम्स संवाददाता

  • ९ माघ २०८१, बुधबार १४:१९

कोहलपुर नगरपालिका वडा नं. ११ मा एक दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घटन गर्दै कोहलपुर नगर पालिकाकी उपमेयर संगिता सुवेदीले नगरपालिकाले नगरमा रहेको हरेक नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै बिभिन्न समयमा विभिन्न् कार्यक्रमहरु संचालन गर्दै आएको बताउनु भयो । चिसोको समयमा घरबाहिर निस्कन समस्या भइरहेको बेलामा वडाबाट नै नगरिकलाई सेवा दिने हेतुले आँखा शिविर सञ्चालन गरिएको बताउनु भयो । पालिकाले आफ्नो क्षमताले भ्याएसम्म नागरिकप्रति उत्तरदायि बन्दै आएको समेत जानकारी दिनु भयो । वडावासीलाई लक्षित गरि गरिएको कार्यक्रममा जेष्ठ नागरिकलाई अझ प्राथमिकतामा राखिएको वडा अध्यक्ष कल्पना शर्मा अधिकारीले बताउनु भयो । कोहलपुर आँखा अस्पताको प्राविधिक सहयोगमा शिबिर सञ्चालन गरिएको हो । शिविरमा आएका आँखाका बिरामीलाई अप्रेसन गर्नुपरेको खण्डमा कोहलपुर नगरपालिका वडा नं. ११ को स्थायी बासिन्दा भएको खण्डमा ५० प्रतिशत शुल्क वडाले बेहोर्ने गरि कोहलपुर आँखा अस्पतालसंग सम्झौता गरिएको वडाध्यक्ष शर्माले बताउनु भयो । शिविरमा झण्डै एक सय  ६७ जनाले सेवा लिएको वडाअध्यक्ष शर्माले बताउनु भयो ।

Nabintech