कोहलपुर : करेन्ट लागेर कोहलपुरमा एक बालकको मृत्यु भएको छ । घाँस काट्न जंगल गएका बेला कोहलपुर नगरपालिका वडा नम्बर १२ का १४ वर्षीय बालक सन्दीप अर्यालको हाइटेन्सन लाईनको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार कोहलपुर-१२ स्थित रक्षा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रुखमा चढेका सन्दीपलाई विद्युतको हाइटेन्सन लाईनमा छोएपछि करेन्ट लागेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बालक रुखमा करेन्ट लागेपछि भुइँमा लडेर घाइते भएका थिए ।
घाइते बालकलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।