८ बैशाख २०८२, सोमबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई सम्मान

  • टाइम्स संवाददाता

  • १६ माघ २०८१, बुधबार २०:५९

अर्घाखाँची सम्पर्क मन्च, बाँकेद्वारा लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय मुख्यमन्त्री चेतनारायण आचार्यलाई आज नेपालगन्जमा भब्य रुपमा बधाई,शुभकामना तथा सम्मान गरिएको छ। सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले अग्रगामी बिकाश, सुसासन र जवाफदेहीता आफ्नो प्राथमिकतामा रहेको बताए।

मन्चका अध्यक्ष बिष्णु प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य देबराज भार, लुम्बिनी प्राबिधिक बिश्व बिधालय नेपालगन्जका प्राध्यापक कृष्ण प्रसाद घिमिरे , मन्चका संरक्षक प्रभाव कुमार ठकुरी, हिमलाल घिमिरे लगायतले बोल्नु भएको थियो।

कार्यक्रममा अर्घाखाँची बाट बाकेमा आइ विभिन्न पेशा ब्यवसाय गर्दै आइरहेकाहरुको बाक्लो उपस्थिति रहेको थियो।

Nabintech