१९ माघ २०८१, शनिबार
ठकुरी एकता समाज मदनचोकद्वार रक्तदान कार्यक्रम

  • टाइम्स संवाददाता

  • १९ माघ २०८१, शनिबार १७:३६

ठकुरी एकता समाज कोहलपुर ३ मदनचोकले बृहत रक्तदान कार्यक्रम गरेको छ । पछिल्लो समय अस्पतालहरुमा रगतको अभाव भैरहेको अवस्थामा रक्तदान गरि ब्लड बैकहरुलाई सहजता होस भन्ने हेतुले रक्तदानको कार्यक्रमको आयोजना गरिएको ठकुरी एकता समाज कोहलपुर ३ मदनचोकका अध्यक्ष हिमाल शाहीले जानकारी दिनु भयो । रक्तदान कार्यक्रम मेडिकल कलेज कोहलपुरको ब्लड बैकमा आयोजना गरिएको थियो । यो अभियान आफुहरुको बार्षिक कार्यक्रम अन्र्तगत रहेको हुदा आगामी दिनहरुमा निरन्तरता दिदै जाने बताउनु भयो । यो अभियान कुनै जातजातिलाई भन्दा पनि अस्पतालमा रहेका बिरामीहरुको जिबनलाई बचाउनका लागि सुरु गरिएको शाहीले बताउनु भयो ।
पछिल्लो समय कोहलपुर लगाएत देशैभर रहेका ठकुरी जातीहरुले सामाजिक कार्यलाई अगाडी बढाउन आवश्यक रहेको हुदा आफुहरुले यस्ता सामाजिक कामहरु गर्दै आएको संस्थाका सल्लाहकार संयोजक केशब शाहीले बताउनु भयो । गत वर्षपनि ठकुर िसमाज मदनचोकले सडकमा जेब्रा क्रसिङ, सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक होर्डिङ बोर्डहरु सडक पेटीहरुमा राखिएको स्मरण गर्नुभयो । यस्तै आगामी दिनमा ठकुरी समाज ठकुरीहरुको मात्र नभइ समाजमा रहेका सबै जातजातीको सझा समुह भएर काम गर्दै जाने संयोजक शाहीले बताउनु भयो ।
रक्तदान कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको थियो ।

Nabintech