७ बैशाख २०८२, आईतवार
पाकिस्तानमा भएको आक्रमणमा १८ सैनिकको मृत्यु

  • टाइम्स संवाददाता

  • १९ माघ २०८१, शनिबार १८:१८

पाकिस्तान- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको आक्रमणमा १८ जना अर्धसैनिकको मृत्यु हुनुका साथै अन्य तीन जना गम्भीर घाइते भएका छन् । मङ्गोचर सहर नजिकै अर्धसैनिक बोकेको एउटा गाडीमा सशस्त्र आक्रमणकारीहरूले गोली चलाएको एक प्रहरी अधिकारीले एएफपीलाई बताए । आक्रमणको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तानमा सुरक्षा बलहरूले दशकौंदेखि सांप्रदायिक, जातीय र पृथकतावादी हिंसासँग लडिरहेका छन् ।

Nabintech