२१ माघ २०८१, सोमबार
कोहलपुर मेयर कप कृष्ण माविको पोल्टामा

  • टाइम्स संवाददाता

  • २० माघ २०८१, आईतवार २२:०४

कोहलपुर – आठौं अन्तर मावि मेयर कप तथा १७औं पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद छनौट प्रतियोगिता—२०८१ को च्याम्पीयन कृष्ण मावि बनेको छ । प्रतियोगितामा कृष्ण माविले १५ स्वर्ण, १० रजत र ५ कास्य प्राप्त गरी च्याम्पीयन बन्न सफल भएको हो । समापन कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य र नगर खेलकुद विकास समिति संयोजक चक्र चिमाला क्षेत्रीले संयुक्त रुपमा च्याम्पीयन बनेको कृष्ण माविलाई शिल्ड हस्तान्तरण गर्दै नगद ७५ हजार सहित मेडल र प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै गोर्खा यूनाइटेड माविले ८ स्वर्ण, ७ रजत र ८ कास्य प्राप्त गरी द्धितीय हुन सफल भएको हो । द्धितीय हुनेलाई ६५ हजार नगद सहित मेडल र प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।  यस्तै त्रिभूवन माविले ७ स्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरी तृतीय हुन सफल भएको छ । तृतिय हुनेलाई ५५ हजार नगद सहित मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको थियो ।

यस्तै आवितर्फ ग्रिन पिस माविले उपाधि उचालेको छ । २ स्वर्ण ४ रजत प्राप्त गरी उपाधिसंगै नगद २५ हजार नगद सहित शिल्ड र मेडल समेत प्राप्त गरेको छ ।

यस्तै साइनिङ्ग स्टार माविले आवितर्फ द्धितीय हुन सफल भएको छ । २ स्वर्ण ल्याएर द्धितीय हुन सफल भएको हो । द्धितीय हुनेलाई नगद १५ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।  यस्तै जनज्योति पब्लिक हाइ स्कुलले आवितर्फ तृतीय हुन सफल भएको छ । १ स्वर्ण २ रजत र १ कास्य प्राप्त गरी तृतीय हुन सफल भएको हो । तृतीय हुनेलाई नगद १० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडिको रुपमा कृष्ण मा वि कि छात्रा सुबेरा मल्ललाई नगद ५१,००० रूपैया सहित पुरस्कार हस्तान्तरण गरिएको थियो ।

यस्तै प्रतियोगितामा कोहलपुर नगरक्षेत्रका ९सामुदायिक र निजी० ५३ विद्यालयका २ हजार १ सय ६७ जना खेलाडी ९छात्रछात्रा० हरुले प्रतियोगितामा सहभागि भएका थिए भने छात्र १ हजार ३ सय ७ जना र छात्रा ८ सय ६० जना सहभागि भएका थिए ।

Nabintech