ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेले नौवस्तामा रहेको कारागार कार्यालय एवम् बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेको छ ।
कारागारका कैदीबन्दिलाई समय बिताउन सहज होस् भन्ने उदेश्यले करिब २ हजार पुस्तक हस्तान्तरण गरीएको हो ।
उक्त अवसरमा बोल्दै कार्यक्रममा प्रमुख अतिथि तथा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले पुस्तक अध्ययनबाट कैदिबन्दिहरूलाई सकरात्मक सोच आउने विश्वास लिएको बताएका छन् ।
उक्त अवसरमा बोल्दै ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले कारागारमा रहेका कैदीहरू एक निश्चित अवधिको लागि सीमित स्थानमा रहने भएकाले पुस्तकहरूले उनीहरूको सोचमा परिबर्तन हुन सक्नेमा जोड दिए ।
कारागार कार्यालय एवम् बाल सुधार गुहका प्रमुख काँसी प्रसाद पंगेनीले पुस्तक ग्रहण गर्दै यसले कैदीहरूको मानसिकता परिवर्तन गर्ने र उनीहरूलाई सकारात्मक सोच दिन सक्ने बताए ।
उक्त पुस्तकहरु रेखा काफ्ले पौडेल, महानन्द ढकाल, भरत बहादुर रानाभाट, शिवलाल पाण्डे, रियस ठकुरी, लोकेन्द्र आकार,गंगाधार पनेरु, प्रदिप थापा, सिएम उपाध्याय, विरेन्द्र जैशी, उत्तम ढकाल, नरेन्द्र थापा, प्रतिक गैरे,केशवराज रिजाल, हरि पोखरेल, विष्णु पोखरेल, रेशम अधिकारी दिपक अर्याल, विष्णु कडेल, दुर्गा कुमारी खड्का वासुदेव उपाध्याय लागायतका दाताले हस्तान्तरण गरेका हुन् ।