सुर्खेत – समाजवादी प्रेस संगठनका विभिन्न नेताहरू प्रेस चौतारी नेपालमा समावेश भएका छन् । प्रेस चौतारी नेपाल, सुर्खेतको सातौँ जिल्ला अधिवेशनका क्रममा उनीहरू पुन: प्रेस चौतारीमा फर्किएका हुन् । प्रेस चौतारी नेपालमा फर्किनेमा संगठनका नेता दीपक कुमार बुढा (प्रदेश अध्यक्ष), नन्दराम जैसी (केन्द्रीय सदस्य), चन्द्रा कँडेल (जिल्ला उपाध्यक्ष), रजनी योगी (जिल्ला सचिव), कल्पना ढेंगा मगर (सह-सचिव) तथा विनोद लम्साल लगायतका नेताहरु रहेका छन् ।
उनीहरु पुन: प्रेस चौतारीमा आबद्ध भएसँगै संगठन नयाँ जिम्मेवारी पनि प्राप्त गरेका छन् ।