२६ माघ २०८१, शनिबार
गोर्खा स्कुलले मनायो अभिभावक दिवस (फोटो फिचर)

  • टाइम्स संवाददाता

  • २६ माघ २०८१, शनिबार १८:५२

कोहलपुर नगरपालिका–२ मा अवस्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आज एक कार्यक्रमको आयोजना गरि बार्षिक अभिभाबक दिवस मनाएको छ । विद्यालयले शनिबार एक औपचारिक कार्यक्रमका १२ औँ अभिभावक भेला गरेको हो । अभिभाबक भेला कार्यक्रमको उद्घटन गर्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी सहायक प्रध्यापक डा. प्रज्ञा घिमिरेले गर्नुभएको थियो   ।        भेला कार्यक्रममा स साना बालबालिका देखि अन्य विद्यार्थीहरुले नाच, गाएन, नाटक लगाएत मनोरञ्जनात्मक खेलहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले नेपाली, अंग्रेजी, गणित,विज्ञान र परम्परागत समाग्रीहरुको प्रर्दशनी गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष केशर बहादुर आलेले प्रतिस्पर्धी विद्यालयहरु थप हुदै जादा विद्यार्थीहरुको नतिजालाई ध्यानमा राख्दै अभिभाबकको सल्लाह सुझाबलाई मनन गर्दै अगाडी बढेको बताउनु भयो ।

यस्तै उहाँले विद्यालयले दक्ष जनशक्ति उत्पादन गरेर विभिन्न ठाउँमा नाम निकाल्न सफल भएको उनले जानकारी समेत दिनुभयो । नेपाली, गणित, विज्ञान, अंग्रेजी, सामाजिक पाँचवटा विषयका ल्याबहरू निर्माण गरि अध्यापन गरेको आलेले बताउनु भयो । यस्तै कार्यक्रमका प्रमुख अतिथि डा प्रज्ञा घिमिरेले होमवर्क मात्रै नभई अब व्यावहारिक र फरक ढंगबाट पठनपाठन गर्नसमेत आग्रह गर्नुभएको थयो । आजभोलि बालबालिका मोबाइलको लतमा परेको भन्दै अभिभावकहरूले पनि घरमा बालबालिकालाई अनाबश्यक मोबाइल नदिन उहाँले आग्रह गर्नुभएको थिायो ।


विद्यालयले केहि दिन अघि मात्र डा। योगी विकाशानन्दको उपस्थितीमा दुई दिने आफ्ना लागि साधना अरुका लागि योग भन्ने नारासहित योग तथा ध्यान शिविर २०८१ संचालन गरेको थियो । कुनै लक्ष्य निर्धारण गर्न, सकारत्मक सोचको विकास गर्न शिविरले सहयोग पुग्ने अपेक्षाले सो कार्यक्रमको आयोजना गरेको गोरखा युनाइटेड पब्लिक स्कुलका अध्यक्ष केशरबहादुर आलेले बताउनु भयो ।

Nabintech